अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश विकासको योजना एमालेसँग मात्रै छ : अध्यक्ष ओली

देश विकासको योजना एमालेसँग मात्रै छ : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशका लागि काम गर्ने एक मात्रै पार्टी एमाले भएको बताउनुभएको छ ।  

आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकांक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देश बनाउने एक मात्र पार्टी एमाले हो । देश विकासको भिजन भएको अरू कुनै पार्टी छैन । एमालेसँग मात्र यो देशलाई कसरी समृद्ध बनाउने भन्ने योजना छ ।’

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आफूलाई पार्टीभित्रका मान्छेले छेक्दा–छेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएँ ।’

उहाँले हिजोका काम हेरेर अबको निर्वाचनमा नागरिकले उम्मेदवार छान्ने बताउनु भयो । पूर्व प्रधानमन्त्री ओलीले एमाले देशका लागि काम गर्ने पार्टी भएको दाबी गर्नुभयो । यस पटकको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने पनि उहाँको भनाइ थियो ।