विराटनगर – आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मोरङ क्षेत्र–४ (ख) मा एमालेका उम्मेदवार जीवन घिमिरेले चुनावी अभियानलाई तीव्रता दिनु भएकको छ ।
जनताका घरदैलो र मतदाता भेटघाटका कार्यक्रमलाई तीव्रता दिएको घिमिरेको सचिवालयले जनाएको छ। नेता घिमिरेले यतिबेला मतदाता समक्ष भेटघाट गर्दै सुझाव संकलन पनि गरिरहनु भएको छ । कटहरी–३ की सुनिता कामतले घिमिरेलाई विकासका मुद्दा अघि सार्न सुझाव दिनुभयो । अन्य जनप्रतिनिधिको तुलनामा घिमिरेसँग मन्त्री, सांसद हुँदा पनि सहज पहँुच पुगेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । आगामी निर्वाचनपछि पूर्वाधार लगायतको क्षेत्रमा नयाँ योजना ल्याउन उहाँको आग्रह छ ।
कटहरीकै विकास राजवंशीले राजवंशी समुदायको भवन निर्माणमा सरकारमा रहँदा घिमिरेले आवश्यक सहयोग गरेको बताउनुभयो । राजवंशी समुदायको सांस्कृतिक भवन निर्माणसँगै संस्कृतिको संरक्षणका लागि कार्यक्रमहरू गर्नमा घिमिरेको योगदान महत्वपूर्ण रहेको उहाँको भनाई छ ।

एमाले नेता घिमिरेले निर्वाचन क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको विराटनगर–३ का बेदप्रकाश खतिवडाले बताउनुभयो । जीवन घिमिरेका लागि सरकारमा रहँदा तीन वर्ष गरेको काम नै मत माग्नका लागि महत्वपूर्ण आधार भएको बताउनुभयो ।
विराटनगर–८ का चन्दकुमार गुप्ताले घिमिरे जनप्रतिनिधि र मन्त्री हुँदा समेत क्षेत्रका जनताको काममा सक्रिय रहेको बताउनुभयो । नेता घिमिरेले कोरोनाको महामारीमा दिनरात खटेर कोभिड अस्पतालको सञ्चालन र व्यवस्थापन गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राम्रो काम गर्ने व्यक्तिले अवसर कसरी सदुपयोग गर्न सक्छ भन्ने उदाहरण नेता घिमिरेबाट पाउन सकिन्छ । उहाँ साच्चिकै जनताको नेता हो । पाँच वर्षमा निर्वाचन क्षेत्रसँगै प्रदेशको समग्र विकासमा नागरिकको मन जित्न सफल भएको व्यक्ति भनेकै घिमिरे हो । अवसर पाउँदा कसले ग¥यो र कसले गरेन जनताले मूल्यांकन गर्न सक्छन ।’

मतदातासँग निरन्तर भेटघाट गर्दै आएका घिमिरेले जनताका अपेक्षा अनुसारका काम गर्दै गएको र बाँकी रहेका कामहरू पनि पूरा गर्दै जाने बताउनु भयो ।
मोरङ ४ (ख) अन्र्तगत विराटनगर महानगरपालिकाको वडा–१, २, ३, ८ र १० तथा कटहरी गाउँपालिकाको वडा–१, २ र ३ पर्दछ । घिमिरेले वडा–वडाका टोल–टोलका बासीन्दासँग पुग्ने काम गरिरहनुभएको छ ।






प्रतिक्रिया