अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मोरङ-४ (ख) बाट उम्मेदवार जीवन घिमिरे को हुन् ?

मोरङ-४ (ख) बाट उम्मेदवार जीवन घिमिरे को हुन् ?


विराटनगर – नेकपा एमाले नेता जीवन घिमिरे २०३५ सालमा एमालेमा आवद्ध हुनुभयो । पार्टीमा लागेको लामो समयपछि उहाँ राजकीय जिम्मेवारीमा पुग्नु भएको थियो । लामो राजनीतिक जीवनमा घिमिरेलाई राजकीय जिम्मेवारी भने मिलेन । २०५६ को आम निर्वाचनमा मोरङ ७ बाट उहाँले उम्मेदवारी नदिएका होइनन् । त्यतिबेला उहाँले नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यसँग प्रतिस्पर्धा गर्नुभएको थियो ।  परिणाम उहाँको पक्षमा आएन ।

पार्टीमा आवद्ध भएको ९ वर्षपछि २०४४ सालमा तत्कालीन नेकपा मालेको विराटनगर नगर कमिटी गठन भयो । पार्टी स्थायी कमिटी सदस्य, पूर्वाञ्चल प्रमुख एवं कोशी अञ्चल इन्चार्ज मदन भण्डारी नै सचिव बस्नुभयो । उपसचिवको जिम्मेवारी घिमिरेलाई दिए । मदन भण्डारीले झापाबाट सुनसरी हुँदै मोरङ तानेका घिमिरेलाई सुरुमै सचिव बनाउन चाहन्थे । तर नयाँ ठाउँमा उहाँको कुनै जान–पहिचान थिएन। पार्टी पंक्तिले उनलाई सहजै स्वीकार नगर्न पनि सक्थ्यो ।

६ महिनापछि पार्टीको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव तोक्यो र उहाँको काठमाडौं सरुवा भयो । अन्ततः नगर कमिटीको पार्टी सचिवको जिम्मेवारी घिमिरेको काँधमा आयो । झापाबाट २०३९ मा सुनसरी झरेदेखि नै मदन भण्डारीसँग उहाँको नियमित सम्पर्क भयो । त्यतिबेला मदन कोसी अञ्चल विद्यार्थी फाँट फ्य्राक्सन इन्चार्ज समेत थिए भने घिमिरे सदस्य । २०४४ सम्म उहाँ मदनको सान्निध्यमा बस्नुभयो ।

२०३५ सालदेखि एमालेमा आबद्ध भएर राजनीतिमा सक्रिय घिमिरे अघिल्लो २०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचित हुनुभयो । प्रदेशसभामा निर्वाचित घिमिरे २०७४ फागुनमा शेरधन राई नेतृत्वको पहिलो प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत रहेका घिमिरेले प्रदेश सरकारमा रहँदा ३ वर्ष समग्र प्रदेशको विकासमा आफ्नो ध्यान केन्द्रीत गर्नुभयो । विकास प्रेमी नेता घिमिरे आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ ४ (ख) मा नेकपा एमालेबाट उम्मेदवार हुनु भएको छ ।

प्रदेशको स्वास्थ्य, शिक्षा, खेलकुद, सूचना प्रविधि, भाषा संस्कृति, महिला, बालबालिका, जेष्ठ नागरिकको क्षेत्रमा उनको योगदान अतुलनिय रहेको छ । स्वास्थ्य क्षेत्रको संस्थागत विकास, प्राकृतिक चिकित्सा, कोभिड १९, प्रविधिमैत्री शिक्षा, प्रदेशको भाषा संरक्षण, खोज, महिलाको शशक्तिकरण, बालमैत्री प्रदेशको परिकल्पना घिमिरेकै कार्यकालमा प्रदेशका अघि बढेको हो । कोभिड १९ को खोज, उपचारमा सातवटै प्रदेश मध्ये प्रदेश १ मा उत्कृष्ट व्यवस्थापन घिमिरेले नै गर्नुभएको थियो । समग्र प्रदेशसँगै निर्वाचन क्षेत्रमा पनि उहाँको योगदान उत्तिकै छ ।

निर्वाचन क्षेत्रको सडक, भौतिक पूर्वाधारको निर्माण, स्वास्थ्य, शिक्षा, खेलकुदमा महत्पूर्ण योगदान उनले गरेका छन् । प्रविधिमैत्री विद्यालय, एक पालिका एक खेल मैदान, जेष्ठ नागरिक दन्त उपचार लगायतका दर्जनौं नविनतम् कार्य घिमिरेकै कार्यकालमा प्रदेश सरकारले अघि बढाएको थियो । एक सफल व्यक्ति नेतृत्वमा पुग्दा कसरी समग्र विकास गर्न सक्छ भन्ने उदाहरण उहाँले दिनुभएको थियो । प्रदेश योजना आयोगले गरेको प्रदेशका मन्त्रालयहरुको मूल्यांकनमा सामाजिक विकास मन्त्रालयलाई घिमिरेले आफ्नो कार्यकालभरि सर्वोत्कृष्ट बनाउनु भएको थियो ।

२०३६ सालमा झापा शिवगञ्जको जन आदर्श माविको स्ववियु सभापतिबाट शुरु भएको राजनीतिक यात्रा अहिले केन्द्रीय सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा हुनुहुन्छ । राजकाज मुद्धामा ५ वर्ष भूमीगत जीवन विताएका घिमिरेको मुद्धा २०४६ मा फिर्ता भएको थियो ।

एमाले नेता घिमिरे सामाजिक संघ संस्थामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । विराटराजा दरवार खोज तथा संरक्षण समिति संस्थापक अध्यक्ष, नेपाल योग तथा प्राकृतिक संघको उपाध्यक्ष, लायन्स क्लव ३२१ ए वान ब्राण्ड एम्वेसडर, मनमोहन प्राविधिक विश्व विद्यालय सभा सदस्य, रेडक्रस सोसाईटी लगायतका दर्जनौं संस्थामा उहाँको सक्रिय सहभागिता रहने गरेको छ ।