अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

उदयपुरमा आगलागी हुँदा तीन घर जलेर नष्ट


उदयपुर – उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताउनुभयो। आगलागीबाट झण्डै रु ४६ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताउनुभयो ।

आगलागीमा परी पूर्णबहादुरको अन्नपात, सुनचाँदी, पशुचौपाया गरी रु.२५ लाख, सन्तबहादुर मगरको घर, काठपात लगायत गरी रु.१५ लाख र यज्ञबहादुर मगरको घरसहित रु.छ लाख बराबरको क्षति भएको पनि प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

एक्कासी सुरु भएको आगलागी साँझ नियन्त्रणमा आएको वडाध्यक्ष तामाङले बताउनुभयो। स्थानीय र प्रहरी चौकी वेतेनीको सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिएका हुन् ।