अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता शशांक कोइराला अस्पताल भर्ना

कांग्रेस नेता शशांक कोइराला अस्पताल भर्ना


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला चुनाव प्रचार-प्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहनुभएका उहाँलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना हुनुभएको हो। उहाँको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उहाँ अस्वस्थ हुनुभएको हो । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले कोइरालाको दिमाख  ९ब्रेन० मा रक्तप्रवाह कम भएको बताउनुभयो । चिकित्सकीय भाषामा यसलाई टिआईए भनिन्छ। आत्तिनुपर्ने अवस्था नभएको भन्दै प्रधानले अन्य परीक्षण जारी रहेको जानकारी दिनुभयो ।

अस्पतालको आकस्मिक कक्षसँगै रहेको ‘अब्जर्भेसन’ कक्षमा कोइरालालाई राखिएको छ ।