अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यामलाल कंडेलको घरदैलो अभियानः घरघरमा स्वागत, मतदाता उत्साहित

यामलाल कंडेलको घरदैलो अभियानः घरघरमा स्वागत, मतदाता उत्साहित


सुर्खेत – निर्वाचन नजिकिंदै जाँदा नेकपा एमालेका स्थायी कमिटी सदस्य, कर्णाली प्रदेश इन्चार्ज तथा प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कंडेल यतिबेला घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । नेता कंडेललाई मतदाताले उत्साहित भएर घरघरमा स्वागत गरेका छन् । 

आइतबार घरदैलो अभियानका क्रममा कंडेल वीरेन्द्रनगर १३ मा पुग्नुभएको थियो। सुर्खेत क्षेत्र नम्बर २ को प्रदेशसभा (क)मा कंडेल उम्मेदवार बन्नुभएको छ । उहाँसँगै प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमृतबहादुर बिसी, समानुपातिक उम्मेदवार गेहेन्द्रप्रसाद दाहाल पनि पुग्नु भएको थियो ।

एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कंडेलले मतदातासँगको भेटघाटमा एमालेले जिते देशले नै जित्ने बताउनु भयो । उहाँले मतदातासँगै भेटघाटका क्रममा विकासका लागि एमाले सधैं प्रतिवद्ध रहेको भन्दै एमालेलाई जिताउन समेत आग्रह गर्नुभयो । उहाँले सडक, खानेपानी, लालपूर्जा होस् वा अन्य विकासका लागि आफूहरु सधैं लागिपरेको बताउनुभयो ।

उहाँले जनताले अभाव महसूस नहुने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । नेता कंडेलले कांग्रेस एक्लै चुनाव लड्न नसकेर प्रचण्डको वैशाखी टेकेर चुनाव लड्न लागेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रचण्डको वैशाखी टेकेर कांग्रेस चुनावमा छ । एमालेलाई जनताले चाहेर एक्लै चुनाव लड्दै छ ।’

आइतबार वडा नम्बर १३ को गुप्तिपुर, इन्द्रपुर, करेखोलालगायतका ठाउँमा घरदैलो कार्यक्रम गरिएको छ ।  प्रदेशसभा (क) मा कात्तिक २८ गतेसम्म घरदैलो अभियान सञ्चालन गर्ने जनाएको छ ।

प्रचार विभागका प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार १४ गते वडा नम्बर १४ मा, १७ गते वडा नम्बर २, १८ गते वडा ३, कात्तिक १९ गते वडा ९, २० गते वडा नम्बर १० र  २१ गते वडा नम्बर ११ मा घरदैलो अभियान गर्ने कार्यक्रम रहेको छ ।

यस्तै २२ गते वडा नम्बर १२, कात्तिक २३ गते वडा नं ५, कात्तिक २४ गते वडा नं १, कात्तिक २५ गते वडा नं ४, कात्तिक २६ गते वडा नं ७, कात्तिक २७ गते वडा नं ८ र २८ गते वडा नं ६ मा घरदैलो कार्यक्रम गर्ने उहाँले जानकारी दिनुभयो ।