झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देहाती गाउँहरुमा चुनावी प्रचारमा जाँदा ५३ वर्षअघि यी ठाउँहरुमा हिडे डुलेको सम्झना गर्नुभएको छ । यसैगरी पहिलो आमनिर्वाचनमा आफू झापाको यी ठाउँहरुमा गाडीमा कोदालो बोकेर हिड्ने गरेको स्मरण पनि गर्नुभएको छ ।

आज गौरादहको दामुना र गौरीगञ्जको खजुर गाछीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०४८ सालमो निर्वाचन प्रचारका क्रममा सडक नभएकोले गाडीमा कोदालो बोकेर हिड्नु परेको स्मरण गर्नु भएको हो ।
‘२०४८ सालमा चुनाव प्रचारका लागि कोहबरातिर आउने भइयो तर गाडीमा कोदालो बोकेर’ ओलीले दामुनामा तत्कालिन कोहबरा गाविसको दामुनामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘कच्ची सडक थियो । जहाँ गाडी रोकिन्छ । गाडीबाट झर्यो । कोदालो निकाले खनखान पार्यो । अनि अघि बढ्यो ।’
आफू यस क्षेत्रबाट जितेर गएपछि विकासको लहर सुरु भएको ओलीले बताउनुभयो । २०४८ सालपछि गौरादह भन्दा दक्षिणी भेगमा हिंउदमा गाडी गुड्न मिल्ने सडक बनाएको उहाँले बताउनुभयो । ‘२०५१ सालमा तपाईंहरुले फेरी मलाई जिताएर पठाउनुभयो । त्यसपछि म गृहमन्त्री भएं’ अध्यक्ष ओलीले भन्नुभयो ‘एमालेको सरकारले त्यसबेला आफ्नो गाउँआफैं बनाउँ कार्यक्रम ल्यायो । त्यो अभियानले गाउँगाउँमा बाटाहरु बने । गाडी अनि गाडीमा कोदालो बोकेर हिड्नु पर्ने समय सकियो ।’

अध्यक्ष ओलीले आफ्नो पहलमा पाडाजुँगी गौरीगञ्ज सडक पिच बनेको, दमक, गौरादह, स्कूचौन चप्रामारी दामुना जोड्ने सडक पिचको काम भइरहेको बताउनुभयो । यसैगरी पाँडाजुंगी बाह्रघरे,बालुबथानचप्रामारी सडक पनि पिच हुने क्रममा रहेको अध्यक्ष ओलीले बताउनुभयो । गठबन्धन सरकारले बजेट कटौती गरेर अहिले तिकामहरु अवरुद्ध भइरहेकोमा मंसिर ४ गतेपछि एमाले सरकार बनेपछि ति सबै योजना सुचारु हुने अध्यक्ष ओलीले बताउनुभयो ।
दक्षिणी झापाका गौरादहको हाँसखोरा, ग्वालडुब्बा लगायतका ठाउँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू २०२७ देखि २०३० सालसम्म यी ठाउँहरुमा भूमिगत रुपमा संगठन गर्न हिडेको उल्लेख गर्नुभयो ।
एक बिहानमा पाँच कठ्ठा जोत्न सक्छु
दामुनाको कार्यक्रममा काँग्रेसमा गगन थापाहरुको क्रियाकलाप देखेर वाक्क भएको भन्दै एमाले प्रवेश गरेका सरस्वती ओझाले ६० वर्षमा वृद्धभत्ता दिने प्रस्ताव गर्नुभयो । ओलीले नेपालीको औषत आयू ७२ वर्ष पुगिसकेकोले ६० वर्षमा भत्ताको आसा गर्नु नहुने बताउनुभयो । ‘म ७१ वर्षको भएं । मौका पाए भने ४/५ किलोमिटर दौडन सक्छु । राँगा गोरु भए पाँच कठ जमिन एक बिहानमा जोत्न सक्छु । कोदालो भए एक मेलाखन्न सक्छु’अध्यक्षओलीले भन्नुभयो ‘त्यसो हुँदाउमेर घटाएर वृद्धभत्ता लिने कुरा गर्नु हुँदैन । एमालेले ७० वर्ष पुगेका सबैलाई आउने साल देखि कम्तीमा ५ हजार रुपैंया भत्ता दिन्छ ।’

छोराछोरी जालान् तर एमाले विदेश जादैन
अध्यक्ष ओलीले दामुनामा आयोजित कार्यक्रममा एमालेले ज्येष्ठ नागरिकको पालनपोषण गर्न एमालेले सरकारमा पुग्ने वित्तिकै सूरु गरेको बताउनुभयो । एमाले कै पहलमा अहिले मासिक ४ हजार रुपैंया भत्ता वितरण भइरहेकोमा मंसिर ४ पछि त्यसलाई अझ बढाइने बताउनुभयो । ‘बुढाबुढी हुँदा मासिक ८ हजार रुपैंया आउछ । यसले खानलाउनका लागि छोराछोरीको आश गरिरहनु पर्दैन’अध्यक्ष ओलीले भन्नुभयो ‘फेरी छोराछोरी पढेलेखेपछि विदेश जालान् । तर एमाले विदेश जादैन । तपाईंहरुको सेवा नेपालमा नै गरिरहन्छ । त्यसो भएर ढुक्कसँग एमालेलाई मतदान गर्नुहोस ।’






प्रतिक्रिया