झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गर्दा आफ्नो नेतृत्वको सरकारले नागरिकता विधेयक अगाडि बढाउन नसकेको बताउनु भएको छ । आज झापामा आयोजित एमालेको मतदातासँग भेटघाटमा उहाँले प्रचण्डेले नागरिकता विधेयक अगाडि बढाउन नदिएको बताउनु भएको हो ।
अध्यक्ष ओलीले प्रचण्डहरूले आफूलाई जानी जानी काम गर्न नदिएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले प्रचण्डसँग मिलेर सरकार बनायौँ । पार्टी एकता पनि गरौँ । तर प्रचण्डले देखावटी पार्टी एकता गरेर भित्रभित्रै सकेँ । नागरिकता विधेयक अगाडि बढाउन दिएनन् । उहाँहरूले जानी जानी मलाई काम गर्न दिएनन् ।’
अध्यक्ष ओलीले एमालेको विकास, भिजन देखाउन बहुमत नआएपछि माओवादीसँग मिलेर सरकार बनाउनु परेको बताउनु भयो । उहाँले प्रचण्ड स्वार्थी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड अस्थिर, स्वार्थी, आफ्नो परिवारको स्वार्थ, नातागोताको स्वार्थबाहेक केही नदेख्ने । जनताको ज्यानको मूल्य नभएको, अरूका गाडी खोसेर चढ्ने, अरूका घोडा खोसेर चढ्ने मान्छेसँग मिलेर सरकार बायौँ ।’ अध्यक्ष ओलीले एमालेसँग मिलेर चुनाव लडेका प्रचण्ड कांग्रेससँग मिलेर सरकार बनाउन खोज्दा रोकेर आफ्नो सरकार बनाएको बताउनु भयो ।






प्रतिक्रिया