काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेको निर्वाचन प्रणाली सुधार गर्ने प्रस्ताव गरेको छ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा सो कुरा उल्लेख गरिएको छ।
केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा महासचिव बेदुराम भुसाल लगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने पार्टीको भनाई छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिनेगरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व–पश्चिम महानहर निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।






प्रतिक्रिया