अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखाको गौरीशंकर सूरीमा एमालेको घरदैलो अभियान, स्थानीयले गरे भव्य स्वागत

दोलखाको गौरीशंकर सूरीमा एमालेको घरदैलो अभियान, स्थानीयले गरे भव्य स्वागत


दोलखा – नेकपा एमालेले जिल्लाका विभिन्न ठाउँका घरदैलो अभियान जारी राखेको छ । यसै क्रममा एमालेले सोमबार गौरीशंकर गाउँपालिकाका विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गरेको हो ।

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेश सभा (क) का उम्मेवदार नरबहादुर श्रेष्ठसहित नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुङ, जिल्ला ईन्चार्ज सरस्वती बस्नेत र एमाले गौरीशंकर गाउँपालिकाका अध्यक्ष जंग गुरुङ लगायतका नेता तथा कार्यकर्ताको बाक्लो सहभागितामा घरदैलो अभियान गरिएको हो ।

घरदैलो अभियानको क्रममा एमालेका उम्मेदवारहरुलाई स्थानीयले भव्य स्वागत गर्दै आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउने प्रतिवद्धता दिएका थिए । घरदैलो अभियानमा विभिन्न पार्टीका नेता कार्यकताले समेत समर्थन जनाएका थिए ।