अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको बहुमत आए मुलुक फासीवादतर्फ जान्छ: कृष्ण थापा

गठबन्धनको बहुमत आए मुलुक फासीवादतर्फ जान्छ: कृष्ण थापा


बागलुङ – गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य कृष्ण थापाले आगामी निर्वाचनमा गठबन्धनको बहुमत आएमा मुलुक फासीवादतर्फ जाने दावी गर्नुभएको छ । अपराधीहरू छुट्ने, निर्दोषहरू अपहरणमा पर्ने, झुठा मुद्दा लगाएर पोलिने दिने आउने उहाँको भनाइ छ ।

२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित थापाले आज सोमबार बिहान करीब ८ बजे आफ्नो फेसबुक पेजमार्फत कथमकदाचित गठबन्धनको सरकार आएमा मुलुक फासीवादतर्फ जाने बताउनु भएको हो ।

राजतन्त्रमा सबैभन्दा बदनामी राजा ज्ञानेन्द्र हुन, तिनैको शासनकालमा अयोग्य भनेर फालिएका प्रतिगमन, राष्ट्रघात र जनघातका नाइके शेरबहादुर देउवा गठबन्धनका र कम्युनिष्ट भनाउँदाका मालिक भएको भन्दै थापाले व्यङ्ग्य गर्नुभएको छ ।
आगामी निर्वाचन पछि दुनियामा कतै नभएको संसार स्थापना हुन्छ भन्नेछन्, गठबन्धनको सरकार बन्यो भने नुन, चिनी, तेल, पेट्रोल र कर लगायतको उपभोग्य वस्तुको मूल्य चार गुणा बढ्ने समेत थापाले दावी गर्नुभएको छ । गठबन्धन नातीको पालासम्म अमर रहोस भन्दै एकादुईले लुटमा साझेदारी गर्ने आरोप थापाको छ ।
गण्डकी प्रदेशसभामा एमाले नेतृत्वको सरकारलाई सघाएको भन्दै राष्ट्रिय जनमोर्चाको कार्वाहीमा परेर प्रदेश सांसद पद गुमाएका थापा यतिबेला खेतीपातीमा व्यस्त हुनुहुन्छ । कम्युनिष्ट र कांग्रेसबीचको गठबन्धन स्वभाविक नभएको तर्क गर्दै आउनु भएको छ ।

आगामी निर्वाचन पछि पनि गठबन्धनको सरकार बन्यो भने नुन, चिनी, तेल, पेट्रोल र कर लगायतको उपभोग्य वस्तुको मूल्य चार गुणा बढ्ने छ ।

राजतन्त्रमा सबैभन्दा बदनामी राजा ज्ञानेन्द्र हुन्, तिनैको शासनकालमा अयोग्य भनेर फालिएका प्रतिगमन, राष्ट्रघात र जनघातका नाइके शेरबहादुर देउवा गठबन्धनका र कम्युनिष्ट भनाउँदाका मालिक भएको छ ।