मोरङ – मोरङको उर्लाबारीमा छठ मेलामा चक्कु प्रहार गरी किशोरको हत्या गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
आइतबार राति साढे १० बजेतिर झापाको दमक नगरपालिका १० आमबाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो।
मोरङ उर्लाबारी नगरपालिका ७ स्थित मौवा खोलामा छठ मेलामा छुरा प्रहार गरी घाइते बनाएका थिए। श्रेष्ठको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो।
सोही घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमध्ये तीन जना १७ वर्षका र २ जना १६ वर्षका छन्।
प्रतिक्रिया