अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले ४१ जिल्लाका ५५ वटा भन्दा बढी चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै

अध्यक्ष ओलीले ४१ जिल्लाका ५५ वटा भन्दा बढी चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै


काठमाडौं -कात्तिक १८ गते देखि आक्रामक चुनावी आमसभामा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देश दौडाहामा निस्कनु हुने भएको छ ।
निर्वाचन आयोगले कात्तिक १७ गते देखि मात्र ठूला आमसभा गर्न दलहरुलाई स्विकृति दिएकोले १८ गते देखि एमालेले यस्ता आमसभाको तयारी गरेको छ । अध्यक्ष ओलीले कम्तीमा ४१ वटा जिल्लाका ५५ वटा भन्दा बढी आमसभालाई सम्बोधन गर्नुहुनेछ ।
चुच्चे नक्सा जारी गरेको भूगोल दार्चुलाबाट अध्यक्ष ओलीले यसपालीको चुनावी आमसभाको आरम्भ गर्दैहुनुुहुन्छ । ‘लिपुलेक र कालापानीका जनता समेत सहभागी गराउने गराउने गरी हामीले कार्यक्रमको तयारी गर्दैछौं’ उक्त क्षेत्रका प्रदेशसभाका उम्मेद्वार एवं एमाले नेता हरदेव जोशीले यो बेलासँग भन्नुभयो ‘चुनावी आससभाको सुरुवात राष्ट्रवादको मर्मलाई लिएर दार्चुलामा गरिएको छ । सहभागीताको हिसाबले पनि यो ऐतिहासिक हुनेछ ।’
अध्यक्ष ओलीले सोही दिन बैतडी र कञ्चनपुरमा आयोजना हुने आमसभालाई पनि सम्बोधन गर्नुहुनेछ ।
यसैगरी कर्णालीका दुईवटा जिल्ला सुर्खेत र दैलेखमा आयोजना हुने आमसभालाई अध्यक्ष ओलीलाई सम्बोधन गर्ने केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।
प्रदेश नं १ का ७ वटा जिल्लामा ठूला आमसभाको तयारी गरिएको छ । प्रदेश अध्यक्ष तुलसी नेउपानेका अनुसार यहाँका आसभासभाहरु मौन अवधी सुरु हुनुभन्दा अघिल्लो दिन गरिनेछन् । यहाँका झापा,सुनसरी,उदयपुर,खोटाङ,संखुवासभा,मोरङ र पाँचथरमा आमसभाको तयारी गरिएको छ । कात्तिक ३१ र मंसिर १ गते प्रदेश नं १ का आमसभालाई सम्बोधन गर्ने अध्यक्ष ओलीको तयारी छ ।
लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कडेंलका अनुसार लुम्बिनीका ६ वटा जिल्लामा अध्यक्षलाई सम्बोधनका लागि प्रस्ताव गरिएको छ । ‘कुन जिल्लामा गर्ने अध्यक्षको समय कसरी पाइन्छ भन्ने कुरा आज साँझसम्ममा टुंगो लाग्छ । हामीले २२ गतेको आसपासलाई प्रस्ताव गरेका छौं ।’
यस्तै मधेस प्रदेशमा पनि कुन कुन जिल्लामा कार्यक्रम गर्ने भनेर आज टुंगो लाग्ने प्रदेश कमिटीका अध्यक्ष रामवतार यादवले जानकारी दिनुभयो । ‘जनकपुर कन्फर्म हो अन्य ठाउँमा कहाँ कहाँ गर्ने हामी छलफलमा छौं’ यावदले यो बेलासँग भन्नुभयो ।
गण्डकी प्रदेशका ६ वटा जिल्लामा कार्यक्रमको प्रस्ताव गरिएकोमा तीनवटा जिल्लाको समय निश्चित भइसकेको पार्टीका प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार स्याङ्जा,कास्की र लमजुङमा आयोजना हुने आमसभालाई अध्यक्ष ओलीले कात्तिक २० गते सम्बोधन गर्नुहुनेछ । बागलुङ,पर्वत र नवलपुरलाई २१ गतेका लागि प्रस्ताव गरिएको छ । त्यसको छिनाफानो आज साँझसम्ममा हुने शर्माले यो बेलालाई जानकारी दिनुभयो ।
पार्टीका उपमहासचिव विष्णु रिमालका अनुसार विभिन्न जिल्लाले कार्यक्रम सहित मितिको प्रस्ताव गरेका छन् । ति प्रस्तावहरुमा अध्यक्ष ओलीसँग परामर्श गरेर मिति र समय टुंग्याइने छ । ‘एक दुईदिन भित्र अध्यक्षले सम्बोधन गर्ने जिल्ला र मिति हामी सावर्जनिक गर्छौं अहिले त्यसको तयारी हुदैंछ’ रिमालले भन्नुभयो ।
चारदिन झापा बसेर अध्यक्ष ओली आज मात्र काठमाडौं फर्कनु भएकोले आजै साँझ पार्टीको कोर ग्रुपसँग बसेर कार्यक्रम तालिकालाई अन्तिम रुप दिने तयारी छ ।