झापा – झापा जिल्लाको झापा गाउँपालिका वडा-२ का चन्द्र सोरेनले आफ्नो जीवनमा आफैं कमाएर घर बनाउँला भन्ने सोच्नुसम्म भएको थिएन। अर्काको जमिनमा हलि, मजदुरी गर्दै पुस्तौ बिताउनु भएका उहाँलाई सुविधा सम्पन्न आफ्नो घर बनाउँला भन्ने सपना नभए पनि अहिले विपनामा परिणत भएको छ।
आफ्नो लगानी बिना नै निर्माण भएको टिनको छानो भएको पक्कि घरमा उहाँको परिवार बसोबास गर्दै आएको छ । झापा गाउँपालिकाको बालुवाटारमा रहेको एकिकृत सन्थाल बस्तिमा सोरेन जस्तै २१ परिवार अहिले आफ्नै घरको मालिक भएका छन् । त्यस बस्तिमा माझीहडाम सन्थाल समुदायको टोल प्रमुख समेत रहनुभएका उहाँले भन्नु भयो, ‘एमालेले यो बस्ति बनाई दियो, हाम्रो सांसद एलपी साँवाले हाम्रो समस्या सुनिदिनुभयो । सपनामा पनि नदेखेको कुरा अहिले पूरा भएको छ ।’

सोही वस्तिकी टोड्की सोरेन पनि क्वाडीमा रहेको खोला किनारमा बर्खामा बाढी र हिउँदमा बालुवासँग संघर्ष गर्दै जीवनका ५६ वर्ष बितेका थिए । तर केपी शर्मा ओली सरकारले ल्याएको तराई मधेस समृद्धि कार्यक्रमले टोड्की जस्तै आफ्नो घर नभएका विपन्नहरुलाई घर बनादिने कार्यक्रम आयो । उक्त कार्यक्रमलाई आफ्नो निर्वाचन क्षेत्रमा ल्याउन तत्कालिन साँसद साँवा सफल हुनुभयो । यसले गर्दा पुस्तौंसम्म अर्काको घर र खोला किनारमा बसेका सन्थालहरुलाई जीवन नै नयाँ भयो । कोरोना कालका बेलासम्म पनि आफ्नो घर होला, साहु महाजनको परिवारमा आश्रय लिनु पर्दैन होला भन्ने उहाँले सोच्नु समेत भएको थिएन । तर सोच्दै नसोचेको कुरा पाए पछि उहाँ अहिले जनताका प्रतिनिधिले जनताको मर्म साँच्चै बुझ्दा रहेछन् भन्नेमा ढुक्क हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘हामी आफ्नो पैसाले त कहिले यस्तो घर बनाउनु र बस्नु सोचेकै थिएन । तर सांसदले घर बनाई दिनु भएछ, आउनु भने पछि हामी पनि आएका हौं।’

उहाँहरु जस्तै २१ विपन्न, भूमिहिन सन्थाल परिवार अहिले आफ्नै सुरक्षित घरको मालिक बनेका छन् । प्रत्येक घरका सुरक्षित शौचालय छन् । विद्युत सेवा पुगेको छ । आँगनमै ट्युवेल छ । पानी खोज्न काहीं जानु पर्दैन । साँवाका अनुसार त्यसबेला झापा गाउँपालिकाको क्वाडी र कामाटोलीका केही विपन्नहरुलाई सुरक्षित बस्तीमा सारिएको हो । यो कार्यक्रम निरन्तर रहेकोले आगामी वर्षमा पनि यसैगरी घरबार नभएकालाई पुनस्र्थापना गरिनेछ ।

तत्कालीन सांसद साँवाको पहलमा यो एकिकृत बस्ती निर्माण भएको हो । यो बस्ती निर्माण भए पछि आफ्नै घरबाट उनीहरु दैनिक आम्दानीका लागि विभिन्न क्षेत्रमा लाग्न पाएका छन् । कुन दिन साहुले घरबाट निकालि दिन्छ भन्ने चिन्ता लिनु परेको छैन ।
झापाको कनकाई नगरपालिका देखि दक्षिण, भारतको सिमावर्ती क्षेत्रसँग जोडिएको यस गाउँपालिकाका सन्थाल परिवार पुस्तौ पुस्ताको बसोबास पछि आफ्नै घर जग्गाको मालिक बनेका हुन् ।

तराई मधेश समृद्धी कार्यक्रम मार्फत यो बस्ती निर्माणका लागि तत्कालिन सांसद साँवाले पहल गरेका थिए । साँवाको पहल र प्रयास यस बस्तीका प्रत्येक जसो व्यक्तिले बुझेका छन् । त्यसैले आगामी निर्वाचनमा पनि यस्ता बस्ती अन्यत्र पनि बनाई दिन सक्ने एमाले र एमालेका उम्मेद्वार साँवालेनै जित्नु पर्ने यस बस्तिका बासिन्दाको भनाइ छ ।





प्रतिक्रिया