तनहुँ – तनहुँ क्षेत्र नम्बर २ प्रदेश (१) का नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाकुमार श्रेष्ठले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराउनु भएको छ ।
उहाँले विज्ञप्ति निकालेर प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा १ मा एमालेकै श्यामराज महतलाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको बताउनु भएको छ ।
तनहुँमा गठबन्धनका ६ जना उम्मेदवार हुँदा पनि गठबन्धनकै एक घटक उहाँले नेकपा एकीकृत समाजवादीले एक सिट पनि नपाएकोले विद्रोह स्वरुप आफूहरुले उम्मेदवारी दर्ता गरेको बताउनुभयो ।
उम्मेदवारी फिर्ता लिन पार्टी नेतृत्वले बारम्बार आग्रह गरेको बताउँदै उहाँले विज्ञप्तिमा लेख्नुभएको छ, ‘कम्युनिष्ट विचार र मान्यताबाट अघि बढिरहेको सचेत कार्यकर्तालाई कांग्रेसको पिछलगु भइ हिँड्नु पर्ने कुनै कारण नभएको स्पष्ट पार्न चाहन्छु ।’
तनहुँ २ को १ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेन्द्र केशरी न्यौपाने उम्मेदवार हुनुहुन्छ ।






प्रतिक्रिया