अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्कीमा माओवादी केन्द्रका नेता-कार्यकर्ता एमाले प्रवेश

कास्कीमा माओवादी केन्द्रका नेता-कार्यकर्ता एमाले प्रवेश


पोखरा – कास्कीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सना, पूर्व जिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सना लगायत दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

उहाँहरूलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटब्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायत नेताहरूले स्वागत गर्नुभयो ।