काठमाडौं-निर्वाचन आयोगविरुद्ध परेका दुई रिटबारे आज सुनुवाइ हुँदै छ । ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको हो ।
सोमबार अधिवक्ता अनील आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।
त्यसैगरी उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी गर्दै अदालत पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा तोसिमा कार्कीको रिट पनि आज पेसीमा राखिएको छ। उनको रिटमाथि पनि आजै सुनुवाइ हुने भएको हो ।






प्रतिक्रिया