सिन्धुपाल्चोक-युद्धबिक्रम तामाङ ( डिबी) एक युवा राजनीतिकर्मी हुन् । उनी युवा अवस्थामा नै व्यवसायमा लागेर सयौँ मानिसलाई रोजगारको व्यवस्था पनि गर्ने मानिस हुन् । उनी अहिले सिन्धुपाल्चोक क्षेत्र नम्बर एक अन्तर्गत प्रदेशसभा ‘क’ को उम्मेदवार बनेका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार वनेका तामाङ शिक्षित एवम् व्यावसायिक छन् । तामाङको विरुद्धमा सत्ता गठबन्धनले ( अमेरिकी पिआरधारी ) अमेरिकामा बस्न अनुमति पाएकी मसिना खड्कालाई अघि सारेको छ । राजनीतिक रूपमा क्रियाशील नभएकी खड्काले पैसाको भरमा टिकट पाएको भन्दै काँग्रेसकै कार्यकर्ताहरू पनि रुष्ट बनेका छन् । यो सन्दर्भमा तामाङका आगामी योजनाको सम्पादित अंश यस्तो छ:
सामुदायिक शिक्षातर्फ
हाम्रो ठाउँमा प्राविधिक शिक्षाको साह्रै कमी छ । प्रविधिमार्फत शैक्षिक विकास अहिलेको आवश्यकता हो । त्यसकारण पनि हरेक विद्यालयमा सबै विद्यार्थीका औला कम्प्युटर किबोर्डमा पुर्याएर आवश्यक छ । त्यसका साथै हरेक विद्यालयमा निःशुल्क इन्टरनेटको सुविधा लैजानु अहिलेको आवश्यकता हो । यसैमा जोड दिनेछु । विद्यार्थी समक्ष हुन शिक्षक पनि सक्षम हुनु आवश्यक छ । यसका लागि पनि योजना बनाउने छु । प्रत्येक वडा भित्र डिजिटलरुपमा एकीकृत शिक्षा प्रणाली सुरु गर्ने योजना निर्माण गर्न आवश्यक छ । शिक्षासँगै स्वास्थ्यको पनि विकास गर्नका लागि एक विद्यालय एक नर्सको व्यवस्था हुनु पर्दछ ।
खानेपानी
प्रत्येक टोल र वडाभर स्वच्छ खानेपानी पुर्याउने योजना निर्माण गर्ने छु ।
स्वास्थ्य सेवातर्फ
स्वास्थ्य बीमा सेवामा हरेक नागरिकको पहुँच पुग्न पर्छ । गाउँघर क्लिनिकको व्यवस्था गर्नका लागि मेरो योजना हुनेछ । सबैभन्दा ठुलो समस्या गर्भपरिक्षण रहेको छ । त्यसका लागि गाउँमै स्वास्थ्य संस्थामा ग्रामीण अल्टासाउण्डको व्यवस्था हुनु पर्दछ । त्यसको पहल म गर्ने छु । बृद्धभत्ताको सुरुवात गरेको एमालेको कार्यकर्ता भएका कारण उहाँहरुको स्वास्थ्य सेवामा पनि थप ध्यान दिन आवश्यक छ । त्यसका लागि ७० नाघेका आमाबुवालाई निमोनियाविरुद्धको खोपको व्यवस्था गर्ने पहल गर्ने छु ।
आर्थिक अभाव भएकाहरूलाई निःशुल्क स्वास्थ्य सेवाको सुविधा दिनु हाम्रो कर्तव्य हो । यसतर्फ योजना निर्माण गर्ने छु । ‘जसको कोही हुँदैन, उसँग सांसद’ कार्यक्रम तय गर्न आवश्यक छ । जसले असहाय र एकल व्यक्तिलाई राज्यको महसुस गराउने छ ।
युवा र रोजगार
बेरोजगार युवालाई रोजगारको व्यवस्था पहिलो प्राथमिकता हो । त्यसमा पनि युवालाई आधुनिक कृषि कर्ममा आकर्षण गर्न आवश्यक छ । यसमा हामी लाग्नेछौँ ।
महिला तथा बालबालिका
महिला बालबालिका तथा पछि परेका नागरिकहरूको लागि विभिन्न दातृ निकायको सहयोगमा विशेष व्यवस्था गरिने छ ।
सुशासनका कुरा
सुशासन ठुलो कुरा हो । आर्थिक पारदर्शिता नभई सुशासन हुँदैन । म सक्षम व्यक्ति हुँ । जनप्रतिनिधि भयबापत पाउने राज्यको सेवा सुविधा लिने छैन । त्यो सुविधाले प्राविधिक शिक्षकको तलब भुक्तान गर्ने छु ।
तातोपानी नाका
तातोपानी नाकाका कारण सिन्धुपाल्चोक क्षेत्र नम्बर एक अन्तर्गत प्रदेशसभा एकका धेरै व्यक्तिले रोजगार पाएका थिए । चालक,सहचालक,लोडरदेखि ठुला व्यापार गर्नसमेत यो नाका सहज थियो । तर, अहिले नाका बन्दप्राय छ । यसलाई सञ्चालन गर्न पनि एमालेले जित्न आवश्यक छ । जब सरकारी गठबन्धनले अमेरिकी सहयोग स्वीकार गर्यो त्यसपनि यो नाका झन् बन्द हुने अवस्थामा पुगेको छ । त्यसोत काँग्रेस नेतृत्वको गठबन्धनले फेरि जित्ने हो भने तातोपानी नाका बन्द नै हुनेछ । किनभने अहिले माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चीनको पक्षमा वकालत गर्ने नेताहरूलाई टिकट बाटै वञ्चित गराएका छन् । चीनसँग सकारात्मक भएका अग्नि सापकोटा,कृष्णबहादुर महरा, हरिबोल गजुरेलले टिकट नपाउनु भनेकै पुष्पकमल दाहाल भारत र पश्चिमा मुलुकको गुलाम गर्न जानु हो । काँग्रेस झन् उत्तरी देशको पक्षमा कहिल्यै छैन । त्यसकारण पनि यो गठबन्धनको जित भएमा तातोपानी नाका बन्द हुन्छ । त्यसकारण यो नाका सहज सञ्चालन गर्न एमालेले जित्न आवश्यक छ ।
जलविद्युत र शेयर
सिन्धुपाल्चोक जिल्ला जलविद्युतको धेरै सम्भावना भएको जिल्ला हो । अझ मैले प्रतिनिधित्व गर्ने क्षेत्रमा धेरै जलविद्युत आयोजनाहरू छन् । तिनीहरूको स्थानीय जनताको माग सम्बोधन गर्न सकेका छैनन् । लगानीकर्ता मोटाउने काम मात्र भएको छ । अझ सुरुमा अमेरिकी कम्पनी हार्जा र पाण्डाले लगानी गरेको माथिल्लो भोटेकोसी आयोजनाले जनतालाई शेयरसमेत दिएको छैन । मैले चुनाव जित्नासाथ नाफामा रहेको यो कम्पनीले सर्वसाधारणलाई शेयर दिन दबाब दिने मेरो काम हुन्छ । त्यसका लागि मैले पहल सुरु गर्ने छु ।






प्रतिक्रिया