अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कस्तो आउला एमालेको घोषणा पत्र ?

कस्तो आउला एमालेको घोषणा पत्र ?


काठमाडौ- गठबन्धनमा आवद्ध सबै दलले चुनावी घोषणा पत्र सावर्जनिक गरिसकेपछि नेकपा एमालेले घोषणा पत्र आज सावर्जनिक गर्दैछ । एमालेको घोषणा पत्र कस्तो आउला भनेर सर्वाधिक चासो पनि छ । खासगरी सामाजिक सुरक्षाका कार्यक्रममा एमालेले ल्याउने कार्यक्रमप्रति सबैको चासो रहेको रहने गरेको छ नै ।
अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा बनेको घोषणा पत्र तयारी समितीले सबै काम सकेर आज दिउसो साढे १ बजे होटल याक एण्ड यतीमा घोषणा पत्र सार्वजनिक गर्दैछ । एमाले उच्च स्रोतका अनुसार यस पटकको घोषणा पत्रमा सामाजिक सुरक्षाका विषयलाई एमालेले उच्च प्राथमिकतामा राखेको छ । तर ज्येष्ठ नागरिक भत्ताको अंक पहिला जस्तो तोकेको छैन । ‘विगतमा हामीले ५ हजार रुपैंया पुर्याउने भनेर घोषणा गरेको थियौं तर यसपाली त्यो भन्दा बढी पनि दिन सकिन्छ र ज्येष्ठ नागरिक भत्तालाई नयाँ रुपमा वितरण गर्ने पनि सोचाइ भएकोले अंक उल्लेख गरिएको छैन ।’
७१ पृष्ठको घोषणा पत्रमा एमालेले पाँच वर्षमा गर्ने २० वटा कामलाई उल्लेख गरिएको छ । समृद्धि अधिवेशन गर्ने,खेत खेतमा पानी,खाडीमा होइन बारीमा जवानी,,५ वर्षमा २५ लाख रोजगारी,फ्रि मिटर १० हजार लिटर जस्ता कार्यक्रमहरु ल्याइदैछ । यस्तै स्वास्थ्यको क्षेत्रमा नागरिकलाई सहज सेवा उपलब्ध गराउन प्रेसर सुगर, टेन्सन ओभर जस्ता कार्यक्रम ल्याइएको एक नेताले जानकारी दिनुभयो ।