अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले केहीबेरमा घोषणापत्र सार्वजनिक गर्दै

एमालेले केहीबेरमा घोषणापत्र सार्वजनिक गर्दै


काठमाडौं – नेकपा एमालेले केहीबेरमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा लक्षित घोषणापत्र सार्वजनिक गर्दैछ ।

एमालेले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा घोषणापत्र सार्वजनिक कार्यक्रम राखेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुहुने छ । एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई नै निरन्तरता दिएर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

कार्यक्रमस्थलमा अध्यक्ष ओलीको तस्बिरसहितका ठूला ठूला पोष्टर र डमी बनाएर राखिएको छ । नेता कार्यकर्ताहरू त्यहाँ फोटो खिचाउन झुम्मिएका छन् । ‘५ वर्ष, एमालेले गर्छ’ नारा लेखिएका प्रचार सामग्री पनि कार्यक्रमस्थलको गेटैबाट देख्न सकिन्छ । साथै २०५१ र पछिल्लो समय एमाले नेतृत्वको सरकारका उपलब्धिलाई पनि प्रस्तुत गरिएको छ । घोषणापत्र सार्वजनिकसँगै ओलीले ‘लाइभ डिबेट’ पनि गर्नुहुने छ।