अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको घोषणापत्रमा यस्ता छन् ३० कार्यक्रम (सूची)

एमालेको घोषणापत्रमा यस्ता छन् ३० कार्यक्रम (सूची)


नेकपा एमालेले २० हजार शब्दको घोषणापत्र तयार पारेको छ।

काठमाडौंको याक एण्ड यती होटेलबाट मंगलबार अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

एमालेको घोषणापत्रमा ३० कार्यक्रम र २४७ प्राथमिकता समेटिएको छ।

पाँच वर्षभित्र सम्पन्न गर्ने ४ ‘स’लाई आधार मानेर घोषणा पत्र तयार पारिएको एमालेले जनाएको छ। सुशासन विकास समृद्धि र समानताको नारामा २० वटा ग्यारेन्टी समावेश छन्

यस्ता छन् ३० कार्यक्रम 

  • हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र
  • दिगो आर्थिक विकासः उच्च आर्थिक वृद्धिदर 
  • भूमिको वैज्ञानिक व्यवस्थापन : प्रकृति संरक्षण, आधुनिक कृषि र सम्पन्न किसान
  • कृषि भूमिमा पानीः सिँचाइमा लगानी
  • सहकारीबाट व्यवसाय प्रवर्द्धनः नागरिकको आर्थिक उन्नयन 
  • औद्योगीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण
  • पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति
  • वन र वातावरणको संरक्षणः जलवायु अनुकूलन र विपद् व्यवस्थापन
  • स्वच्छ खानेपानी जनताको हक
  • विद्युत् तथा ऊर्जा विकासबाट समृद्धि 
  • राष्ट्र निर्माणको आधारः गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार
  • हाम्रो नेपालः निरोगी नेपाल 
  • मर्यादित श्रमः सुरक्षित रोजगारी 
  • जीवनचक्रमा आधारित सामाजिक सुरक्षाः मौलिक हकको रक्षा
  • शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय
  • राष्ट्रका लागि युवाः युवाका लागि खेलकुद र स्वयंसेवा
  • महिला सहभागिता र सशक्तीकरण
  • सहरी विकास : एकीकृत बस्ती र सुरक्षित आवास
  • गतिशील अर्थतन्त्र र सेवाको आधारः यातायात पूर्वाधारको विस्तार 
  • स्रोत साधनको परिचालन, योजना कार्यान्वयन र दिगो विकास
  • जनताको कर : जनताकै लागि
  • सूचना प्रविधि र प्रेस स्वतन्त्रता  
  • सुशासनः हाम्रो उच्च प्राथमिकता
  • उपभोक्ता हितः आम जनताको हित
  • सक्षम र सुदृढ सङ्घ, अधिकार सम्पन्न प्रदेश र स्थानीय सरकार 
  • स्वच्छ, सुन्दर र आधुनिक राजधानी
  • सांस्कृतिक रूपान्तरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता
  • सक्षम राज्य, स्वतन्त्र न्यायालय
  • सुदृढ राष्ट्रिय सुरक्षाः राष्ट्रिय हित र स्वाभिमानको रक्षा 
  • स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध