अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

अध्यक्ष ओलीले अहिले १५० सिट जित्ने गरी एमाले चुनावी अभियानमा होमिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बहुमत आउन सम्भव नहुने कुरै छैन। प्रतिनिधिसभामा २७५ सिट छ, त्यसमा १३८ आए बहुमत हुन्छ। १५० सिटको गन्त्वयसहित हामी निर्वाचनमा गएका छौँ । एमालेका काम जनताले देखेका छन् ।’

उहाँले समानुपातिकतर्फ एमालेलाई ५१ प्रतिशत लोकप्रिय मत दिए बहुमत पुग्ने बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रत्यक्षमा ९० देखि १०० र समानुपातिकमा ५१ प्रतिशत दिए केही हुँदैन। देशमा स्थिरता हुन्छ । यस पटक जनता ओइरिएका छन्। राष्ट्रयमा स्थिरता र स्थायित्वको मिशन हो यो। पार्टी प्रवेशको लहर चलेको छ बहुमत नल्याउने कुरै छैन।’