अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अरूले ३० वर्षमा गर्न नसकेको काम एमालेले तीन वर्षमा गर्‍यो : अध्यक्ष ओली

अरूले ३० वर्षमा गर्न नसकेको काम एमालेले तीन वर्षमा गर्‍यो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरूले ३० वर्षमा गर्न नसकेको काम एमालेले तीन वर्षमा गरेको बताउनु भएको छ ।

नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र-१ ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भूकम्प पछिको पुनर्निर्माण काम एमाले सरकारले सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । निजी आवास, विद्यालय सार्वजनिक भवन, पुरातात्विक महत्त्वका स्थान लगायतको निर्माण एमाले सरकारले सफलताका साथ सम्पन्न गरेको बताउनुभयो ।

एमाले सरकारले तुइन युगको अन्त्य गरी नेपाललाई नयाँ युगमा प्रवेश गराएको उहाँले बताउनुभयो । प्रति दिन पाँच किलोमिटर बढी पक्की सडक एमालेको पालामा बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘३० वर्षमा अरूले गर्न नसकेको काम तीन वर्षको अवधिमा भयो ।’

हुलाकी मार्ग, मदन भण्डारी मार्ग पूर्व पश्चिमा मार्ग लगायतका कयौँ सडकका काम एमाले सरकारको पालामा भएका उहाँले बताउनुभयो । अन्तरिक्षमा आफ्नो स्थान समेत एमालेले सुरक्षित गराएको ओलीले प्रष्ट पार्नुभयो । एमालेले देशलाई सुरुङ युगमा प्रवेश गराएको उहाँले दाबी गर्नुभयो ।

देशका ३८ वटा बढी उद्योग बेचेर खाइसकेको अवस्थामा एमालेले सातवटै प्रदेशमा ठूला ठूला उद्योग स्थापनको तयारी गरेको उहाँले जानकारी दिनुभयो । देशभरि अप्टिकल फाइबर बिछ्याउने काम, विद्युतको ट्रान्समिसन लाइन लगायतका धेरै काम एमालेले गरेको उहाँले जानकारी दिनुभयो। बन्द भएको जनकपुरको रेल एमालेकै पालामा चलाएको ओलीले बताउनुभयो ।