अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रामेछापको सैपुमा कोण सभा, नेपाली भइराख्न एमालेमा मतदान गर्न आह्वान

एमाले रामेछापको सैपुमा कोण सभा, नेपाली भइराख्न एमालेमा मतदान गर्न आह्वान


रामेछाप – नेकपा एमाले रामेछाप निर्वाचन परिचालन कमिटी प्रदेश सभा (क)ले बुधबार लिखु तामाकोसी गाउँपालिकाको बिजुलीकोट, सैपु लगायतका स्थानमा भेटघाट तथा घरदैलो गरेको छ ।

घरदैलो तथा भेटघाट पछि सैपु ढाँडेमा कोणसभा आयोजना गरिएको छ । पार्टी वडा कमिटी अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा, एमाले केन्द्रीय सल्लाहकार सदस्य कमलप्रकाश सुनुवार, वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सभा (क) का उम्मेदवार शान्तिप्रसाद पौडेल, वाग्मती प्रदेश कमिटी सदस्य कमल कडरिया, पुष्पराज पौडेल, लिखु तामाकोसी गाउँपालिका उपाध्यक्ष दीपा पाख्रिन, पार्टी पालिका कमिटी उपाध्यक्ष केसरबहादुर पौडेल,  लिखु तामाकोसी गाउँपालिका–२ का वडाध्यक्ष सन्तोष पौडेल लगायतले बोल्नु भएको थियो ।

कार्यक्रमका बोल्दै उम्मेदवार पौडेलले समृद्धिको लागि काम गर्ने पार्टी एमाले नै भएकोले एमालेको पक्षमा मतदान गर्न आह्वान गर्नुभयो । पौडेलले एमालेले समृद्धिको आधार तयार गरेकोले त्यसमा काम गर्न एमालेको जीत आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै वाग्मती प्रदेश कमिटी सदस्य कमल कडरियाले पार्टीका कार्यकर्तालाई पार्टी उम्मेदवारको पक्षमा इमानदारीपूर्वक लाग्न आग्रह गर्नुभयो । आफू निरन्तर गाउँमा बस्ने र स्थानीयको सेवामा नै लागिरहने कडरियाले बताउनुभयो। स्थानीयको समस्या समाधान गर्न आफू निरन्तर लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्का वाग्मती प्रदेश कमिटी सदस्य पुष्पराज पौडेलले गठबन्धन निर्दलीयताको निरन्तरता भएको बताउनुभयो । गठबन्धनका दल पुनः पञ्चायतमा फर्किएका उहाँले टिप्पणी गर्नुभयो । ‘हामी निर्दलीयताको विरुद्धमा छौँ, गणतन्त्रको पक्षमा छौ, नेपाली बन्नको लागि पनि मङ्सिर ४ मा एमालेमा मतदान गरौँ’, पौडेलले भन्नुभयो । 

कार्यक्रममा एमाले वाग्मती प्रदेश कमिटी सदस्य दीपशिखा दाहाल, गंगा कार्की, ज्येष्ठ कम्युनिष्ट चतुरमान सुनुवार लगायत, जिल्ला कमिटी, गाउँपालिका तथा वडा कमिटीका नेता कार्यकर्ता र मतदाताको सहभागिता रहेको थियो ।