अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँ नेकपा एसका जिल्ला सचिवसहित नेता-कार्यकर्ता एमाले प्रवेश

तनहुँ नेकपा एसका जिल्ला सचिवसहित नेता-कार्यकर्ता एमाले प्रवेश


तनहुँ – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी तनहुँ सचिव दुर्गाकुमार श्रेष्ठसहित अधिकांश नेता-कार्यकर्ता नेकपा एमालेमा समाहित हुनुभएको छ।

आज आयोजित कार्यक्रममा सचिव श्रेष्ठसहित ४६१ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो । एमाले प्रवेश गर्नेहरूमा श्रेष्ठसहित कार्यालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका अध्यक्ष कमल गैह्रेलगायत जिल्ला कमिटीका १७ जना सदस्य छन् ।

यस्तै शुक्लागन्डकीको सिङ्गो नगर कमिटी, सम्पूर्ण वडा कमिटी तथा युवा संघ तनहुँका अध्यक्ष जीवन भट्टराई सहित युवा संघको सिङ्गो जिल्ला कमिटी टिम पनि एमालेमा फर्केको छ ।

तनहुँमा भएको कार्यक्रममा उहाँहरुलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार किरण गुरुङ, एमाले पोलिट्व्युरो सदस्य एवं तनहुँ जिल्ला इञ्चार्ज टुकराज सिग्देललगायतले स्वागत गर्नुभयो ।

तनहुँमा स्थानीय तहको चुनावदेखि नै गठबन्धनका अन्य दलले एकीकृत समाजवादीको अवमुल्यन गरेको तर पार्टी नेतृत्वले त्यसमा कुनै ध्यान नदिएका कारण पार्टी छाड्नु परेको श्रेष्ठले बताउनु भयो ।

तनहुँमा कुनै सिट नपाए पनि एकीकृत समाजवादीले उम्मेदवार उठाएको थियो । तर पार्टीको नेतृत्वले उहाँहरुलाई उम्मेदवारी फिर्ता गर्न लगाएपछि एकीकृत समाजवादीका जिल्ला नेता तथा कार्यकर्ता असन्तुष्ट छन् ।