अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनपछि एमालेको सरकार बन्छ : राजन भट्टराई

निर्वाचनपछि एमालेको सरकार बन्छ : राजन भट्टराई


काठमाडौं – नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गर्नुभएको छ।

प्रवासी नेपाली मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेको सरकार बनेपछि ईपिजीको प्रतिवेदन कार्यान्वयनका लागि जोड दिने बताउनुभयो । यसअघि ईपिजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएका कारण अगाडि बढ्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो।

सन् २०१६ मा गठित ईपिजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको भएपनि प्रधानमन्त्री मोदीले प्रतिवेदन नबुझेका कारण अड्किएको उहाँको भनाई थियो ।