तम्घास – नेकपा एमालेका उपमहासचिव तथा गुल्मी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार रहेका प्रदीपकुमार ज्ञवालीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
आगामी ५ वर्षभित्रमा आफूले गर्ने विकास निर्माणको फेहरिस्तसहित उहाँले आज आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
तम्घासमा पत्रकार सम्मेलन गरी नेता ज्ञवालीले जिल्लाभित्रका सडक पूर्वाधारका आधारभूत कामहरू सकिएको दावी गर्दै अब सडकहरुको स्तरोन्नतिको काम अगाडि बढाउने बताउनु भयो । उहाँले कालीगण्डकी करिडोर कालोपत्रे गर्ने, जोर्ते प्रभास सुरुङ्गमार्गको अध्ययन सकेर निर्माण कार्य सुरु गने र सिद्धबाबा सुरुङ्ग मार्गलाई पूर्णता दिने बताउनु भयो । यस्तै, विकास निर्माणका आधारभूत काम आगामी पाँच वर्ष भित्रमा सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाउनु भयो ।






प्रतिक्रिया