काठमाडौं – नेकपा एमालेका उम्मेदवारहरुले आजबाटै एकसाथ एकै प्रकारको प्रोफाइल तस्बिर राख्न सुरू गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले देशभरका सबै उम्मेदवारसँग जुम बैठक गरेर फेसबुकमा प्रोफाइल तस्बिर परिवर्तन गर्न निर्देशन दिनुभएको हो ।
यसको सुरूवात अध्यक्ष ओलीले आफैं गर्नु भएको छ । ओलीले बुधबार साँझ आफ्नो प्रोफाइल तस्विर परिवर्तन गर्दै जनतासँग मत मागेका छन् । सबैले सोही आकार र फरम्याटमा प्रोफाइल तस्बिर परिवर्तन गर्ने ओलीको सचिवालयले जनाएको छ ।

यसअघि अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूसँग सामूहिक जुम बैठक गरेका थिए । अहिलेसम्मको चुनावी अभियानको अवस्था र समस्याका बारेमा बैठकमा छलफल भएको एमालेले जनाएको छ ।






प्रतिक्रिया