अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रवासी नेपाली मञ्चको प्रथम अन्तराष्ट्रिय अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

प्रवासी नेपाली मञ्चको प्रथम अन्तराष्ट्रिय अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने


काठमाडौं -प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको प्रथम अन्तराष्ट्रिय अधिवेशनको तयारी पूरा भएको छ । मञ्चको प्रचार बिभागले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रथम अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशन यही कात्तिक १९–२० गते (नोभेम्बर ५–६) काठमाडौंमा आयोजना हुँदैछ । अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
प्रवासी नेपाली मञ्चका इञ्चार्ज नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रचार बिभाग प्रमुख प्रभुराम थापाले प्रथम अधिवेशनको तयारी पूरा भएको र बिश्वभरबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको बताउनु भयो । ‘अधिवेशनको तयारी लगभग पूरा भएको छ, प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ,’ पत्रकार सम्मेलनमा थापाले भन्नुभयो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अधिवेशनका लागि ‘सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मुल नारा तय तय गरिएको छ । सो नारासहितको लोगो यसअघि नै नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले गरिसक्नु भएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्यीय आयोजक कमिटी, पाँच वटै महादेश कमिटीबाट ५ जनाको दरले २५ जना र हरेक राष्ट्रिय कमिटीबाट गरी ३ सय जना प्रतिनिधिहरु सहभागी हुनेछन । अधिवेशनमा राजनीतिक, साँगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची रहेको छ ।
बर्तमान आयोजक समितिमा अध्यक्ष भक्त गुरुङ (बेलायत), सचिव रमेश पाण्डे अष्ट्रेलिया), सचिवालय सदस्यहरु प्रभुराम थापा (अमेरिका) चानक पोखरेल (कतार), बिमाला भण्डारी (रसिया), भक्त गुरुङ (हङकङ) सञ्जय थापा, सल्लाहकार प्रमुख (अमेरिका)
तथा केन्द्रीय सदस्यहरु बिनोद श्रेष्ठ (अष्ट्रेलिया), भक्त वाग्ले (फ्रान्स), कुन्ती थापा (अमेरिका), हेम शेर्पा (स्पेन), कर्ण शाही (बेलायत), रमेश थापा (क्यानडा), शिव बरुवाल (बेल्जियम) र तीर्थ गौतम (इजरायल) हुनुहुन्छ ।
पत्रकार सम्मेलनमा इञ्चार्ज डा. राजन भट्टराईले प्रवासी नेपालीको मुद्धाप्रति नेकपा एमाले गम्भीर रहेको र आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकार बनेपछि मागहरु सम्बोधन गर्ने बताउनु भयो ।