अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा ५ मा केपी ओलीलाई ४० हजार मतान्तरले जिताउछौं : एमाले निर्वाचन परिचालन कमिटी

झापा ५ मा केपी ओलीलाई ४० हजार मतान्तरले जिताउछौं : एमाले निर्वाचन परिचालन कमिटी


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यसपाली ४० हजार भन्दा बढी मतान्तरले विजयी गराउने लक्ष्यका साथ स्थानीय पार्टी कमिटीहरु परिचालित भएका छन् ।
झापा क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार खसेको मतको ६५ प्रतिशत मत अध्यक्ष ओलीको पक्षमा हुने विस्वास एमालेको छ । मुल प्रचार कमिटीका संयोजक देवेन्द्र दाहाले दिएको जानकारी अनुसार २०७४ सालको निर्वाचनमा अध्यक्ष ओलीलाई ६२ प्रतिशत प्राप्त भएको थियो ।
‘२०७४ सालमा केपी शर्मा ओलीलाई ६२ प्रतिशत मत आएको थियो । यस बीचमा उहाँले प्रधानमन्त्री भएर देश विदेशमा नेपालको छवि उचो पार्ने काम गर्नुभएको छ’ दाहालले भन्नुभयो ‘क्षेत्रको विकासका लागि उहाँका तर्फबाट भएका काम आम मतदाताले अनुभुती गरेका छन् । जसले गर्दा यसपाली हामी गत निर्वाचनमा भन्दा बढी मतले जित्छौं ।’


समकालिन राजनीतिका सबभन्दा उचो नेता भएकोले त्यस्तो प्रतिनिधी पाउनु यस क्षेत्रका जनताको गौरवको विषय भएकोले आम मतदाताले ओलीलाई मत दिने पत्रकार सम्मेलनमा जनाइएको छ । गठबन्धन सरकारका कारण देश धराशायी भएको,भ्रष्टाचार र महंगीको दलदलमा देश फसेको हुनाले त्यसबाट मुक्ति पाउनका लागि एमालेलाई मतदान गर्नुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । ‘यसपालीको निर्वाचन साविक भन्दा फरक छ’ एमाले पोलिटव्यूरो सदस्य समेत रहनुभएका दाहालले भन्नुभयो ‘परमादेश कि जनादेश भ्रष्टाचारकी समृद्धि भनेर रोज्ने निर्वाचन हो । त्यसैले जनताले यसपालीको निर्वाचन मार्फत नै यी सबै कुराको निक्र्यौल गर्नेछन् ।’
क्षेत्र नं ५ का दुवै प्रदेशसभामा पनि एमालेका उम्मेद्वारहरुले भारी मतले जित्ने दाबी एमालेको छ । प्रदेशसभा १ मा स्थायी कमिटी सदस्य हिक्मत कार्की र २ मा होमबहादुर थापा एमालेका तर्फबाट उम्मेद्वार हुनुहुन्छ ।
झापा ५ मा कुल १ लाख ५४ हजार २ सय ८९ जना मतदाता छन् ।
एमाले क्षेत्र नं ५ का संयोजक तुलसी कार्कीका अनुसार हालसम्म चारवटै पालिकाका २९ वटै वडाकामा कार्यकर्ता भेटघाटका कामहरु सकिएका छन् । उम्मेद्वारी दर्तापछाडी अध्यक्ष ओली दुई पटक गरेर एक हप्ता यस क्षेत्रमा रहनु भएको थियो । त्यस क्रममा करिब १८ वटा स्थानमा भेटघाट तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
आजबाट प्रत्येक टोलमा बाजागाजा सहित घरदैलो गर्ने एमालेको तयारी छ ।