झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा चुनावी प्रचारप्रसारलाई तीव्रता दिइएको छ । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेसँगै अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा चुनावी प्रचारलाई तीव्रता दिइएको हो ।
निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा, र्याली, घरदैलो गर्न पाउने व्यवस्था गरेको छ । ओलीको निर्वाचन क्षेत्र झापा ५ मा रहेका २९ वडाका ११६ टोलमा बिहान ७३० बजेदेखि घरदैलो अभियान कार्यक्रमको उद्घाटन गरिएको हो ।
उक्त अभियानको उद्घाटन एमाले पोलिटब्यूरो सदस्य देबेन्द्र दाहालले गर्नुभएको थियो । उहाँले झापा ५ मा एमालेलाई ४० हजार मतान्तरले विजयी गराउन नेता, कार्यकर्ता र मतदातालाई आग्रह गर्नुभयो । यो अभियान मौनअवधि मंसिर १ गतेसम्म जारी रहने उहाँले जानकारी गराउनु भयो । एमाले अध्यक्ष ओली देशव्यापी चुनावी अभियानमा लाग्नु भएको छ । एमालेले सुदूरपश्चिमबाट देशव्यापी चुनावी अभियान गर्न लागेको छ । अध्यक्ष ओलीले भोलि दार्चुला, बैतडी र कञ्चनपुरका चुनावी आमसभालाई सम्बोधन गर्नुहुने छ ।















प्रतिक्रिया