अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावी अभियान सुरु गर्न एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जानुहुँदै

चुनावी अभियान सुरु गर्न एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जानुहुँदै


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेश जानुहुने भएको छ ।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम जानलाग्नु भएको हो ।

आज धनगढी पुग्ने र भोलि दार्चुला जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । एमालेले भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दैछ । ओली प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले अतिक्रमित भूमि फिर्ता गराएको एजेन्डालाई महत्त्वपूर्ण  रूपमा चुनावी अभियान बनाउने एमालेको तयारी छ । 

दार्चुला सदरमुकाम खलंगामा भोलि बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने छ । भोलि नै दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियानलाई सम्बोधन गर्नुहुने छ ।