अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)


काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रलाई सो पार्टीले वाचापत्र भनेको छ । उक्त वाचापत्रमा राष्ट्रपति बन्न कुनै पनि राजनीतिमा नलागेको व्यक्ति हुनुपर्ने उल्लेख छ । कुनै पनि राजनीतिक दलमा नलागेको र राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको व्यक्तिलाई राष्ट्रपति बनाउने प्रस्ताव गरिएको छ ।

राष्ट्रपति बन्न वंशज नेपाली नागरिक हुनुपर्ने उल्लेख गरिएको वाचापत्रमा लेखिएको छ, ‘कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाल नागरिक हुनुपर्ने ।’

वडाध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत निर्वाचन मण्डलबाट राष्ट्रपति निर्वाचित हुने वाचापत्रमा लेखिएको छ ।