अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्ण मल्ल भन्नुहुन्छ : ज्योतिषले देउवालाई हराउने ग्रह छ भनेका छन् !

कर्ण मल्ल भन्नुहुन्छ : ज्योतिषले देउवालाई हराउने ग्रह छ भनेका छन् !


डडेल्धुरा – नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले आगामी मंसीर ४ गते हुने चुनावमा कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउने दाबी गर्नुभएको छ ।

डडेल्धुरामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।

प्रतिनिधि सभामा प्रतिस्पर्धा गरिरहेका मल्लले बिहीबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा ज्योतिषले आफूलाई यसपटक देउवालाई हराउने ग्रह-दशा रहेको भनेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘देउवाले आफूलाई ज्योतिषले सात पटक प्रधानमन्त्री हुने भनेर भन्नुहुन्छ, अब उहाँ के का लागि छैठौं, सातौं पटक प्रधानमन्त्री बन्नुहुन्छ ? मेरो ज्योतिषले पनि मलाई भनेको छ– यस पटक तिम्रो ग्रह दशाले शेरबहादुर देउवालाई हराउने छ।’

यसैबीच कांग्रेस डडेल्धुराका पूर्वसभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले विज्ञप्ती जारी गर्दै मल्ल र प्रदेशसभा (२) का स्वतन्त्र उम्मेदवार डा. तारा जोशीको पक्षमा आफूलाई उभ्याएका छन्।