अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रधानमन्त्री देउवालाई स्वागत गर्न माला लिएर लाइनमा…

स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रधानमन्त्री देउवालाई स्वागत गर्न माला लिएर लाइनमा…


काठमाडौं – डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका सागर ढकाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागत गर्न मालासहित लाइनमा बस्नुभएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा बिहीबार डडेल्धुरा पुगेका देउवालाई स्वागत गर्न उहाँकै प्रतिस्पर्धी ढकाल माला लिएर लाइनमा बस्नुभएको हो । ढकालले यसपटक देउवालाई स–सम्मान बिदा गर्न भन्दै आफूले उहाँविरुद्ध उम्मेदवारी दिएको बताउनुभएको छ । कतिसम्म भने उहाँले देउवालाई पराजित गरे दुई दिनसम्म उपवास बस्ने वाचासमेत गर्नुभएको छ ।

पछिल्लो समय उहाँ डडेल्धुरामा घरघर पुगेर भोट मागिरहनुभएको छ । मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आउनुभएको छ । तर देउवालाई हराउन मैदानमा उत्रिनुभएका ढकाल उहाँकै स्वागतमा फुलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उहाँले आफूले देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न लाइनमा बसेको प्रतिक्रिया दिनुभएको छ ।

देउवा चार दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने कार्यक्रम छ । उहाँ २० कात्तिकमा काठमाडौं फर्कनुहुनेछ । देउवाविरुद्ध कांग्रेस बिपीबाट कर्ण मल्लले पनि उम्मेदवारी दिनुभएको छ ।