अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका वागमती प्रदेश कमिटी सदस्य पौडेलसहित काभ्रेका कार्यकर्ता एमालेमा प्रवेश

नेकपा एसका वागमती प्रदेश कमिटी सदस्य पौडेलसहित काभ्रेका कार्यकर्ता एमालेमा प्रवेश


बनेपा – नेकपा एकीकृत समाजवादीका वागमती प्रदेश कमिटी सदस्य रमेश पौडेल र मीरा पौडेलसहित सो पार्टीमा आबद्ध जिल्लास्तरीय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

चुनावी अभियान चलिरहेकै बेला बिहीबार आयोजित कार्यक्रममा उहाँहरू गठबन्धनको विपक्षमा एमालेका प्रतिनिधिसभा उम्मेदवार गोकुल बास्कोटा र प्रदेशसभा उम्मेदवार कुमार खकुरेललाई समर्थन गर्दै नेकपा एस परित्याग गरेका हुन् ।

उहाँहरूसँगै राजेन्द्र पौडेल, अविचल पौडेल, गंगा श्रेष्ठ, रामदास सुवाललगायत पनि एमाले प्रवेश गरेको जिल्ला अध्यक्ष अशोक ब्यान्जुले बताउनु भयो । उहाँहरू सबै पनौती नगरपालिका वडा नम्बर ४ र ७ का हुन् ।