झापा – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले बिहीबार बिहानदेखि जिल्लाभरिका सबै टोलमा उत्साहपूर्वक घरदैलो कार्यक्रम सुरू गरेको छ ।
बिहान ७ बजेर ३० मिनेटमा एकै पटक आफ्नो टोलमा स्थानीय तथा केन्द्रिय नेतृत्व सहित उम्मेद्वारका फोटो सहितका ब्यानर बोकेर झण्डा उम्मेद्वार तथा पार्टीका गीत घोषणा पत्र सहित घर घरमा पुगेका छन् ।
दमक नगरपालिका ५ स्थित गुम्बाचौक घरदैलो अभियानमा हिड्नु अघि नेकपा एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले सबै मतदातालाई यो पटक देश डुब्नबाट बचाउन तथा विकास समृद्धिको पक्षमा मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
नेता दाहालले घरदैलोमा हिडेको टोलीले मतदातालाई आफ्नो उम्मेद्वारलाई सूर्य चिन्हमा मतदान गर्न सबै मतदातालाई अनुरोध गरी पार्टीको स्पस्ट नीति बुझाउन समेत निर्देशन दिनुभयो । यसरी नै दमक-५ स्थित हरिओम कोलनीमा घरदैलो कार्यक्रम अगुवाई गरिरहेको टोल कमिटी अध्यक्ष पुन्य प्रसाद उप्रेतीले सबैमा नयाँ ऊर्जा जोसका साथ निर्वाचन प्रचारमा खटिएको बताउनुभयो ।
पार्टीको केन्द्रिय निर्देशन अनुसार नै हामी आफ्नो टोलमा बिहानैदेखि घरदैलोमा निश्केका हौं । शान्तीमार्ग टोल कमिटीकीमा निर्वाचन परिचालन कमिटटीकी संयोजनक मिना बिश्वकर्माले बताउनुभयो । टोल किमिटीको नेतृत्वमा सबै एमाले समर्थक तथा शुभचिन्तकलाई प्रत्येक घरमा पुगेर मतदान गर्न आवह्वान गरिरहेका छांै । आज मात्र हामीले लगभग एकसय बढी घरमा हाम्रो पार्टीको चुनाव चिन्ह, घोषणा पत्र समेत लिएर पुगेका छौं। सबैमा उत्साहपूर्वक उपस्थिती रहेको छ बिकले भन्नुभयो ।
झापा जिल्लामा नेकपा एमालेका नौ सय भन्दाबढी टोल कमिटी गठन भएका छन् भने ४१ हजार पार्टी सदस्य रहेका छन् । त्यसमध्ये क्षेत्र नम्बर ५ मात्र ११६ वटा टोल कमिटी गठन गरिएको नेकपा एमाले झापा जिल्ला कमिटीका सचिव शिव ढुङ्गेलले जानकारी दिनुभयो । यस पटक झापामा ६ लाख ६३ हजार ३११ जना मतदाता रहेका छन् । झापामा ७६६ वटा मतदान केन्द्र तय भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाले दिएको जानकारी अनुसार सबैभन्दा धेरै निर्वाचन केन्द्र झापा क्षेत्र नम्बर ५ को १ मा ३७ पाँच सय ६४ पुरूष मतदाता छन् भने ३४ हजार २६९ महिला मतदाता छन् । त्यस्तै, एक अन्य गरी यो क्षेत्रमा ७४ हजार ८३४ मतदाता रहेका छन् । ३५ मतदानस्थल रहेको यो क्षेत्रमा ८९ मतदान केन्द्र रहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ५ को २ मा पुरुष मतदाताको संख्या ३८ हजार पाँच सय तीन र महिला मतदाताको संख्या ४० हजार ९५१ तथा एक अन्य गरी कूल मतदाताको संख्या ७९ हजार ४५५ रहेको छ । यो निर्वाचन क्षेत्रमा मतदान स्थल २६ र मतदान केन्द्र ८७ कायम गरिएको जिल्ला निर्वाचन कार्यालय झापाबाट प्राप्त सूचनामा उल्लेख छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत यही क्षेत्रबाट निर्वाचन लड्दै हुहुन्छ यसकारण पनि झापा ५ अहिले सर्वत्र चर्चामा रहेको क्षेत्र समेत हो ।






प्रतिक्रिया