काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केहीबेर अघि धनगढी पुग्नु भएको छ ।
भोली देखि सुरु हुने चुनावी आमसभालाई सम्बोधन गर्न दार्चला जाने क्रममा केहीबेर अघि उहाँ धनगढी पुग्नुभएको हो ।
साँझ ६.२० को श्रीएयर जहाजमा धनगढी जाने भनिएको भए पनि जहाजको समय पछि सरेकोले करिब ८.४५तिर मात्र काठमाडौ विमानस्थलबाट धनगढीका लागि जहाज उडेको थियो । अध्यक्ष ओली राती १० बजे धनगढी अवतरण गर्नुभएके छ । उहाँलाई स्वागत गर्न पार्टी सचिव एवं सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट सहितका नेताहरु धनगढी विमानस्थल पुगेका छन् । उहाँ धनगढीको हाटल रुबसमा आज बस्नुहुनेछ ।

अध्यक्ष ओलीले गुमेको भूमी नक्सामा समेटिएको जिल्ला दार्चुलाबाट चुनावी आमसभा सुरु गर्दैहुनुहुन्छ । भोली नै वैतडी र कञ्चनपुरमा हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

तस्विरहरु : तिर्थ भट्टराईको फेसबुक






प्रतिक्रिया