अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको आजदेखि चुनावी सभा सुरु, दार्चुलामा अध्यक्ष ओली सम्बोधन गर्नुहुने

एमालेको आजदेखि चुनावी सभा सुरु, दार्चुलामा अध्यक्ष ओली सम्बोधन गर्नुहुने


काठमाडौं-नेकपा (एमाले)को चुनावी आमसभा आजदेखि सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नुहुने छ ।

एमालेले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नुहुने छ ।