अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनतालाई सम्पन्न बनाउन राजनीति गरेको हुँ : देवराज घिमिरे

जनतालाई सम्पन्न बनाउन राजनीति गरेको हुँ : देवराज घिमिरे


बिर्तामोड – झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले गरीब जनतालाई सम्पन्न बनाउन आफू राजनीतिमा आएको बताउनु भएको छ ।

चुनावी घरदैलोमा रहेका घिमिरेले आफ्नो सारा जीवन नै जनताको लागि सुम्पिएको बताउनु भयो ।

नेकपा एमालेका प्रदेश इञ्चार्ज समेत रहेका घिमिरेलाई पार्टीले जनताको काम गर्ने अवसर प्रदान गरेको छ। झापा–२ का जनताको जीवनमा परिवर्तन ल्याउन घिमिरेको आवश्यकता भएको महसूस गर्दै पार्टीले उम्मेदवार बनाएको हो । निष्ठावान नेताका रुपमा परिचित घिमिरे लामो समयदेखि पार्टी संगठन निर्माणमा क्रियाशिल हुनुहुन्थ्यो । पार्टी संगठन निर्माणसँगै जनताको जनजिविकाको सवालमा अहोरात्र क्रियाशिल घिमिरेले घरदैलो अभियान आक्रामक रुपमा सञ्चालन गरिरहेका छन् ।

मनोनयन दर्तापछि हरेक जनताका घरघरमा र गाउँगाउँसम्म पुगेका घिमिरे जनताको अपार माया नै जीतको सुनिश्चितता भएको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले पार्टी संगठनको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिरहेको वर्षौ वितिसक्यो । सँगैसँगै विकास निर्माणलाई प्राथमिकता दिएको छु।’

विकास निर्माण, गरीबी निवारण र प्रशासन क्षेत्रको सुधारमा विशेष चासो दिंदै आउनुभएका घिमिरेले राजनीतिक परिवर्तनपछि जनताको जीवनमा परिवर्तन आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो उम्मेदवारी नै जनताको जीवनमा परिवर्तन ल्याउनका लागि हो । बाटोघाटो सबैले बनाउने योजना बनाएकै हुन्छ, गरीबी निवारण चाहिं मेरो मुल मुद्दा हो । मैले राजनीति गरेकै जनतालाई सम्पन्न बनाउन हो ।’

नियमित चुनावी घरदैलो अभियानमा रहेका घिमिरेलाई आम मतदाताले अनुभवी, दक्ष उम्मेदवारको रुपमा बुझेका छन् । भेटघाटका क्रममा निर्वाचन जितेपछि पनि जनताको दु:ख-सुखमा उपस्थित हुन मतदाताको माग छ । उक्त प्रशंगमा घिमिरे भन्नुहुन्छ, ‘म निर्वाचित भएपछि यसै निर्वाचन क्षेत्रका जनताको निम्ति काम गर्ने हो । त्यसैले जनताको बीचमा नआउने कुरै भएन । हिजो पनि जनताको साथमा थिए, भोलिका दिनमा पनि साथमा रहेने प्रतिवद्धता व्यक्त गर्दछु ।’