अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठूलो भारतले सानो चित्त गर्ने होइन : अध्यक्ष ओली

ठूलो भारतले सानो चित्त गर्ने होइन : अध्यक्ष ओली


दार्चुला – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमाना सारिरहने भारतीय प्रवृत्तिको आलोचना गर्नुभएको छ ।

आज चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला पुग्नुभएका उहाँले भारतले नेपाली क्षेत्रमा बाटो बनाएर झमेला गरेको बताउनुभयो।

उहाँले नदी वरतिर सर्‍यो भनेर सीमा वरतिर सर्ने नभएको भारतलाई भन्न चाहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन। ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सर्‍यो कि सिमाना सारिहाल्ने ?’

‘भारतले हाम्रो भू-भागबाट अनावश्यक ढंगले (बाटो बनायो), हामी आफैं बनाउने थियौँ, तर भारतले आफूले बनाएर बेकारको झमेला निकाल्यो,’ उहाँले भन्नुभयो ।

‘यो सुहाउँदैन। नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रुपमा बुझ्छन्। त्यो कुरा भारतले गर्न हुँदैन। यो मैले भारतका नेताहरुलाई भनिरहेको छु,’ उहाँले भन्नुभयो ।