दार्चुला – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेता दिलेन्द्र बडूलाई अब काठमाडौंमै बस्न आग्रह गर्नुभएको छ ।

आज दार्चुलामा एमालेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले जिल्लाबासीको समस्या नबुझ्ने भएपछि अब दार्चुला नफर्किए पनि हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यहाँ दिलेन्द्र बडूजी उम्मेदवार हुनुहुन्छ कि क्या हो । अब यो सभा देखेपछि उहाँले काठमाडौंमै बसे हुन्छ । अब यता दुःख नगरे हुन्छ । दिलेन्द्रजी तपाई मन्त्री भएर गर्नु के भयो ? कालापानीको ‘क’ भन्ने आँट गर्नुभयो उहाँले ? काठमाडौँ हुँदा दार्चुला सम्झिनुभयो उहाँले ? भोट चाहिएको बेला बोहक उहाँले दार्चुला सम्झिनुहुन्न ।’






प्रतिक्रिया