अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीबारे प्रचण्डलाई सोध्नुहोस्, हामीलाई होइन: केपी शर्मा ओली

एमसीसीबारे प्रचण्डलाई सोध्नुहोस्, हामीलाई होइन: केपी शर्मा ओली


कञ्चनपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे गठबन्धनसँग प्रश्न सोध्न आग्रह गर्नुभएको छ ।

कञ्चनपुरको प्रचार सभामा ओलीलाई एमसीसीबारे सहभागीले प्रश्न गरेका थिए ।

‘एमसीसी गठबन्धनले ल्यायो । पास गर्‍यो । त्यसो भएकाले हामीले केही भनिरहनु पर्छ जस्तो लाग्दैन’ मञ्चबाटै जवाफ अध्यक्ष ओलीले जवाफ दिनुभयो, ‘हामीसँग किन सोध्ने, गठबन्धनलाई सोध्नुहोस्। प्रचण्डलाई सोध्नुहोस् ।’

एमसीसीमा प्रचण्डले दोहोरो भूमिका खेलेको पनि अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोल भत्काउन लगाउने, सडक भत्काउने लगाउने । बाटो भत्काउन लगाउने, मान्छेलाई ढुंगा हान्न लगाउने । अनि संसदको अघिल्लो लाइनमा बसेर हुन्छ भन्दै पास गर्ने । लाज भएन ।’