कञ्चनपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै पनि सुल्टो नहुने भएकाले संविधानमै पार्टीमाथि प्रतिबन्ध लगाउन नसक्ने व्यवस्था राखिएको बताउनु भएको छ ।
आज कञ्चनपुरमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले विगतको इतिहास हेर्दा कम्युनिस्टका लागि कांग्रेस र राणा शासनमा कुनै फरक नरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले राणा शासन ढालेपछि कांग्रेसले सवा चार वर्ष कम्युनिस्टमाथि प्रतिबन्ध लगाएको भन्दै पछि टंकप्रसाद आचार्य आएपछि फुकुवा गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कांग्रेस राणा शासन भयो त्यतिबेला । कम्युनिस्टहरुका लागि केही फरक भएन, राणाले पनि प्रतिबन्ध लगाएका थिए, कांग्रेसले पनि प्रतिबन्ध लगायो । त्यसैकारण कथमकदाचित झुक्किएर कांग्रेस सरकारमा पुग्यो भने कुनैपनि पार्टीलाई प्रतिबन्ध लगाउँछ भनेर अहिलेको संविधानमै हामीले पार्टीमाथि प्रतिबन्ध लगाउन नसक्ने भनेर लेखेका छौं किनभने कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै पनि सुल्टो हुँदैन ।’
उहाँले देश बनाउन अहिलेको जस्तो कठपुतली सरकारले नसक्ने बताउनुभयो ।






प्रतिक्रिया