काठमाडौं – के नेपाललाई श्रीलंका, युक्रेन र फिजी जस्तो बनाइन लागेको हो ? केही तथ्य सहित यो गम्भीर प्रश्न उठाउनुभएको छ नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले ।
फेसबुकमा एक भिडियो ब्लग जारी गरेर विचार राख्दै नेता थापाले नेपाललाई आर्थिक रुपमा श्रीलंका, सामरिक रुपमा युक्रेन र जनसांख्यिक रुपमा फिजी बनाउन खोजिएको बताउनुभएको हो ।
‘यो गठवन्धनले नेपाललाई श्रीलंका, युक्रेन र फिजी जस्तो बनाउन खोजेको छ, उनीहरुको यो उद्देश्य पूरा हुन दिन हुँदैन’– थापाको भनाई छ ।
नेपाललाई टाट उल्टाउने, आर्थिक रुपमा तन्नम र हाहाकार बनाउने, त्यसपछि देश संकटमा परेको भन्दै स्रोत नखुलेको रकम विदेशबाट भित्राउने दाउ गरिएको उहाँको भनाई छ । सत्ता गठवन्धनका केही नेता र तिनको परिवारले ठूलो रकम विदेशमा राखेको र त्यो कालो धनलाई सेतो बनाएर नेपाल भित्राउनका लागि नेपाललाई श्रीलंका बनाउन खोजिएको उहाँले बताउनुभएको हो ।
त्यसैगरी थापाले नेपाललाई युक्रेन जसरी युद्धमा फसाउन खोजिएको बताउनुभएको हो । आफ्नो भिडियो ब्लगमा उहाँले नेपालको परराष्ट्र नीतिमा पूरै विचलन आएको भन्दै वर्तमान गठवन्धनले एक चीन नीति त्यागेको भन्नुभएको छ ।






प्रतिक्रिया