अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको कुनै उद्देश्य र गन्तव्य छैन :अध्यक्ष ओली

सत्ता गठबन्धनको कुनै उद्देश्य र गन्तव्य छैन :अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग स्वार्थ बाहेकको कुनै गतव्य नभएको बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनमा बोल्दै उहाँले आगामी निर्वाचनले देशको भविष्य कोर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन सरकार भनेको स्वार्थको चलेखल र सेटिङको मात्रै हो । गठबन्धनको कुनै गन्तव्य र भिजन छैन। मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बनाएर देशलाई बर्बाद पार्नबाट रोक्छ। देशलाई समृद्धिको बाटोमा लैजान्छौँ।’

सार्वभौम समानताको आधारमा छिमेक र अन्तराष्ट्रिय संविधान अंगिकार गर्नेगरी सरकार चलाउने बताउनु भयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने दाबी गर्नुभयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘हामीले संविधान बनाउनसाथ यो अभियान थालेका थियौँ। तर, हामीले पाँच महिना नाकाबन्दीको समस्या झेल्न बाध्य भयौं। हामीले त्यसको डटेर सामाना गर्यौं। हाम्रो दुईतिर छिमेकी छन्। तर, हाम्रो एकातिर तिरको मात्रै निर्भरताको कारणले उत्तरी छिमेकीसँग पनि पारवहन र यातायाताको सम्झौता गर्यौं।’

दक्षिण छिमेकी र उत्तरी छिमेकीको भ्रमण गरेर आउदा आफूलाई हटाउने तयारी भइसकेको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो नाकाबन्दीको सामाना र उत्तरी छिमेकीसँग सम्झौता गरेपछि मलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकृकित समाजवादीका अध्यक्ष माधव नेपालले हटाउने षड्यन्त्र गर्नुभयो । र, मलाई हटाउनु भयो ।’

संसदमा देश डुब्न लाग्यो माझि बचाइदेउन भन्नले आफूलाई हटाएको दाबी गर्नुभयो । आफूले दुवै छिमेकी देशसँग सन्तुलित रुपमा राखेको समेत बताउनु भयो । उहाँले आफूलाई संसदबाट नभएर अदालतको परमादेशबाट गराएकोप्रति आक्रोश पोख्नुभयो ।