काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई कंगाल बनाएको आरोप लगाउनु भएको छ ।
आज काठमाडौंमा आयोजित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनमा बोल्दै आफूलाई सेटिङबाट हटाएको १६ महिनामा गठबन्धने सरकारले देशलाई भद्रगोल बनाएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो जस्तो देशमा अहिले ८० अर्बभन्दा धेरै ऋणमा डुबेको छ। स्रोत सुनिश्चिता भन्दै बिना योजना आफ्ना मान्छेहरुलाई पैसा बाँडेको छ। यो भन्दा स्वच्छाचारी र अलोकतान्त्रिक के हुन सक्छ ?’
एमालेले जनताको ओइलाएको आत्मविश्वासलाई पुर्नजागरित गरेर काम गरेको बताउनु भयो । कोरोना महामारीमा खोप ल्याएर सबैलाई लगाएको दाबी गर्नुभयो ।






प्रतिक्रिया