अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नै ‘प्रमुख शक्ति’ हो: पार्वत गुरुङ

एमाले नै ‘प्रमुख शक्ति’ हो: पार्वत गुरुङ


दोलखा – नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङले पाँच दलीय सत्ता गठबन्धनले दोलखामा बुथ कब्जा गर्ने तयारी गरेको आरोप लगाउनु भएको छ ।

नेता गुरुङले भन्नुभयो, ‘गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्छु भनेर जनतामा प्रचार गरेर भ्रम पैदा गरेको छ, त्यो मनोविज्ञान लिएर हिँडेको छ । नेकपा एमाले दोलखाले यही चुनावबाट त्यो बुथ कब्जाको दुष्प्रयास अन्त्य गर्ने सार्वजनिक घोषणा गर्दछ । दोलखाको कुनै पनि ठाउँमा बुथ कब्जा हुने छैन, ढुक्क भएर मतदान गर्न सकिने छ । यति हुँदा हुँदै पनि बलजफ्ती कसैले जनताको स्वविवेक अपहरण गरेर बुथ कब्जा गर्ने हिम्मत गर्छ भने त्यस्ता आपराधिक व्यक्ति जनताको बीचमा हुन्छ कि हुँदैन, दोलखामा रहन्छ कि रहँदैन म खुला रूपमा चुनौती दिन चाहन्छु ।’

दोलखामा गठबन्धनले चुनाव जित्ने मनोविज्ञान पालेर बसेको भए पनि उनीहरूको त्यो सपना पूरा हुन एमालेले नदिने बतानुभयो। उहाँले भन्नुभयो, ‘दोलखाको प्रमुख शक्ति अहिले पनि एमाले हो र भविष्यमा पनि एमाले नै हुनेछ । विभिन्न शक्तिको प्रयोगबाट चुनाव जित्ने सपना केवल सपनामै सीमित पारिने छ।’