अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका अध्यक्ष नै एमाले प्रवेश

नेकपा एसका अध्यक्ष नै एमाले प्रवेश


दोलखा – दोलखाको जिरी नगरपालिका एमालेमय भएको छ । जिरीमा लामो समय कम्युनिष्ट राजनीति गरेका शैलेन्द्र कुमार खड्का एमाले पार्टीमै फर्किएसँगै एमालेमय बनेको हो । उहाँ २०५४ को स्थानीय निर्वाचनमा जिरी गाविसको अध्यक्ष निर्वाचत हुनुभएको थियो ।

नेकपा एमाले दोलखाले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन लक्षित गरेर चुनावी अभियानलाई तीव्र बनाएको छ । यसै अभियानका क्रममा जिरीमा भएको चुनावी कार्यक्रममा खड्का एमाले प्रवेश गर्नुभएको हो । एमालेमा प्रवेश गर्दै उहाँले समाजवादी पार्टी कम्युनिष्ट नभएको बताउनु भयो ।

एमालेले आयोजना गरेको चुनावी सभामा नेपाली कांग्रेस तथा समाजवादी छाडेर ५ दर्जनबढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । समाजवादीबाट मोहन कुमारी खड्का, प्रज्वल खड्का परशुराम दहाल तथा नेपाली कांग्रेसबाट पुराना कांग्रेसका नेता इन्द्रबहादुर नेपालीसहित दर्जनौ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पत्रकार प्रभु जिरेलले जानकारी दिनुभयो ।