अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनको विरोधमा विप्लवसहित तीन पार्टीद्वारा आन्दोलनको घोषणा

निर्वाचनको विरोधमा विप्लवसहित तीन पार्टीद्वारा आन्दोलनको घोषणा


काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगाएत तीन साना कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको विरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा लगाएत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचन खारेजी/बहिष्कारको निर्णय गर्दै उनीहरुले आफुहरुको आन्दोलनमा सक्रिय सहभागीता जनाउन आह्वान पनि गरेका छन् ।

उनीहरुले निर्वाचनको विरोधमा कात्तिक २४ देखि ३० गतेसम्म काठमाडौं लगाएत बुटवल, इटहरी, बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने जनाएका छन् । कात्तिक २६ देखि ३० गतेसम्म देशका विभिन्न स्थानमा कोणसभा र विरोध प्रर्दशन गरिने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले जानकारी दिनुभयो ।